१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

अ+ अ-

विराटनगर । प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार आठबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ती प्रतिबद्धता घोषणाका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

सो अभियानको शुभारम्भ नयाँ वर्ष २०७५ वैशाख १ गते परोपकार धाममा बिहान योग शिविर सञ्चालन गर्ने र विराटनगरको कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गर्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । योग शिविरको प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, वातावरणीय सरसफाइ अभियानको सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेरो वर्ष अभियानको घोषणा प्रदेश नं १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ ।

सरकारले स्वास्थ्यप्रति जिम्मेवार रहनका लागि घोषित आठवटा प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतित गर्छु’ ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘‘म आफ्नो घर र समुदाय सफा राख्छु’‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न’‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’‘म नियमित स्वास्थ्य जाँच गराउँछु’‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ लगायत छन् । सो प्रतिबद्धतामा सर्वसाधारणलाई एक्यबद्धता गराउनका लागि अभियान थालिएको हो । रासस

प्रतिक्रिया दिनुहोस