२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिठ्ठा साहेवको काम र रारामा प्रधानमन्त्री

अ+ अ-

मलाई सानो छँदा डिठ्ठा साहेवको सम्झना छ, तर ति डिठ्ठा अड्डा अदालतको होइनन् कुलाको डिठ्ठा हुन् । गाउँमा खेतबारीमा पानी पुर्याउन तीनवटा प्रमुख कुलाहरु थिए । एउटा बारीको कुलो जुन झण्डै ९ कि.मि. टाढाबाट पानी ल्याउन पर्दछ । त्यस्तै खेतका कुलाहरु पनि झण्डै त्यति नै लामा छन् । ति कुलाहरु वर्षैपिच्छे खन्ने गर्नु पर्दछ । कुलो खन्दा कुन ठाउँमा पानी सरसरी जाँदैन ? कुन ठाउँमा बर्षेनी भत्कन्छ ? पहिरोको जोखिम कहाँ छ ? कुलाको मुहान कति सजिलो छ ? कति अप्ठेरो छ ? सो बारेमा डिठ्ठा साहेबलाई पुरै जानकारी हुन्थ्यो ।

प्रत्येक वर्ष कुलो खन्नु अगाडि कटुवालबाट हाँक हाल्न लगाई सबै मोहीहरुलाई अनिवार्य जम्मा गर्न लगाइन्थ्यो । भेलामा डिठ्ठा फेर्नु पर्ने भए फेरिन्थे तर डिठ्ठालाई कुलाको बारेमा सबै जानकारी हुन्थ्यो । सबैलाई प्रत्येक दिन कुलो खन्न डिठ्ठाले एउटा लठ्ठीको नापो लिएर खन्ने भाग दिन्थे । प्रत्येक दिन हाजिरी जनाउनु पर्दथ्यो । यदि कोही खन्न गएनन् वा दिएको भाग खनेन भने उसले खारा (दण्ड) तिर्नु पर्दथ्यो । यसरी लगाइएको जरिवानाबाट उठेको रकम कुलाकै काममा खर्च गरिन्थ्यो । डिठ्ठासँग सबै सर्तक हुन्थे ।

उनले कसैलाई गाली गरीहाले पनि प्रतिवाद गर्दैनथे किनकी उनले सामुहिक नेतृत्व सामुहिक काम गर्दथे । उनले कम्तिमा पनि कुलो खन्ने कार्य योजना, नीति र कार्यक्रमहरु सबै बनाएका हुन्थे । उनले कुनै प्रकारको व्यक्तिगत लालशा राख्दैनथे । यसरी नै वर्षै पिच्छे कुलो खन्थे, पानी पटाउँथे र किसानले आफनो घरमा अन्न भित्राउँदथे ।

२०७५ सालको शुभकामना दिन नेपालका प्रधानमन्त्री बैसाख १ मा कर्णाली प्रदेशको रारामा पुगे । ३१ बुँदा रहेका १८ पन्ने शव्दमा भरिएका उनका बाणीहरु कुनै साहित्यकारले एकान्त ठाउँमा बसेर मनको बह पोखे झैं निकै भावुकरुपमा व्यक्त गरे । निम्न मध्यमबर्गीय परिवारमा जन्मेको भनेका ओलीको विचारको उठान साम्यवादी रुझानबाट आएको थियो र अहिले उनको प्राण लोकतन्त्र भित्र अडेको कुरा व्यक्त गरेका छन् ।

ओलीले आफनो शुभकामना सन्देशमा अर्ति उपदेश त दिएका छन् तर त्यो पुरा गर्नु पर्ने दायित्व भित्रको कुर्सिमा पनि आसिन छन् । उनको शब्दावलीमा अबको ५ बर्षभित्र ७५ प्रतिशत किसानमा आश्रित परिवारलाई २५ प्रतिशतमा झार्ने प्रण गरेका छन् । उनी देशको कार्यकारी तहको उच्च पदमा २ पटक पुगेको कुरा पनि छुटाएका छैनन् । सामन्तवाद हराएको कुरा व्यक्त गरेका छन् । भ्रष्टाचारको अन्त्य, हिंसाको अन्त्य हुने कुरा घोषणा गरेका छन् । विधिको शासन पनि हुन्छ भन्छन् । ऋषी मुनिका सन्तान रोग व्याधले मर्न नपर्ने, निरक्षर भएर बस्न नपर्ने, रेल र पानी जहाज दर्गुने उदघोष गरेका छन् ।

“सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् । कर्णाली लगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् ।” उनले कर्णालीलाई सम्बोधन गर्दै भनेका छन् । उनलाई यो पदमा पुराउनेहरुप्रति गुन मान्दै भनेका छन् “गत निर्वाचनमा कतै कठ्या्िग्रँदो चिसो सहँदै त कतै हिंसाको सामना गर्दै, कतै काखमा नानीहरु च्याप्दै त कतै लौरो टेक्दै, अनि कतै स्ट्रेचरमा बोकिँदै त कतै आफन्तको वियोगलाई समेत आफू भित्रै दबाउँदै यहाँहरुले गर्नुभएको मतदान अहिलेपनि मेरो आँखामा जीवन्त छ ।” भनेर आफनो भावना राखेका छन् । उनका भावनाहरु चुनावी भाषण थियो कि शुभकामना सन्देश थियो छुट्टयाउन हम्मे हम्मे देखिन्छ ।

जे होस प्रधानमन्त्री ओली सामान्य नागरिक भएर पनि देशको कार्यकारी प्रमुखको पदमा पुग्न सफल भए र जनताबाट अनुमोदित शक्तिशाली प्रधान मन्त्रि पनि हुन् । लोकतन्त्रको सुन्दर पक्ष भनेको पनि यहि हो । उनले नेपालको गरिवी, अशिक्षा, बेरोजगारी, उत्पिडन, हिंसा , विभेद आदि सबै बुझेका छन् त्यसैले उनले सामाजिक न्यायका कुरा पनि आफना शुभकामना सन्देशमा व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले रारामा प्राकृतिक बैभवको रसस्वादन लिइरहेका छन् त्यसैले पनि भावनामा बहकिएका होलान । हो हामी त्यही धरतीमा छौं, जहाँ सुनका डल्लाहरु यत्रतत्र छरिइरहँदा सालिग्रामको संज्ञा दिंदै पुजा गरिरहेका छौं । अबिरल बगेको सेता सुनलाई प्रयोग बिहिन भएका छौं । उनले बुझेका छन ढुङ्गा सिलाजित हुन्छ । उनको शुभकामनामा आत्म बिश्वास जगाउने कुरा पनि छ ।

आज भन्दा ३० बर्ष पहिले राम मणी दुवाडीले “के नेपाल सानो छ” भन्ने शिर्षकमा हाम्रो प्रकृति बैभवता श्रोत र संस्कारको अत्यन्त मार्मिक निबन्ध लेखेका थिए । उनी नेपालको प्रशासनिक पदको उच्च तहमा पुगिसकेका व्यक्ति हुन् । उनी सेवा निबृत्त भए वा सेवामै छन तर उनले लेखेका निबन्धहरु अत्यन्त मर्मस्पर्षी थिए । मुटु छुने खालका थिए । आज प्रधानमन्त्रीले व्यक्त गरेका कुराहरु सकारात्मक छन् । उनले पनि जानेका छन् । आम नेपालीले पनि बुझेका छन् । उनलाई पनि थाहा छ नेपालको निजामती सेवामा उनलाई र उनको पार्टीलाई सर्मथन गर्ने ठुलो हिस्सा छ । त्यो हिस्साबाट उनले मुलुकलाई दिन खोजेको सुशासन कति सफल बनाउन सक्लान् ?

आज निजामती सेवामा आसिनहरुको धेरै तिरबाट प्रस्न उठ्ने गरेको सुशासनकै कारणबाट हो जुन उनले गरेका हरेक निर्णय तिनै संरचनाबाट नै लागु गर्नु पर्दछ । गरिबका छोरा छोरी अशिक्षामा बस्नु पर्ने कुरातर्फ इंगित गर्दै दिएको शुभकामनाले काठमाण्डौमा डा. गोबिन्द के.सी १४ पटकसम्म गरिव र गरिवका छोराछोरीले स्वास्थ्य शिक्षा र गरिबको छोरो पनि डा. बन्न सकोस् भनेर अनसन बस्न बिवस छन् तर उनका पार्टीका साँसदहरु धनि बाउका छोराछोरीलाई व्यापारिक शिक्षा दिनको लागि खोल्ने मेडिकल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि संघर्षरत छन् । उनले गोबिन्द के.सी ले उठाएका मागलाई सम्बोधन गर्लान् कि उनकै पार्टीका साँसदले उठाएको मागलाई सम्बोधन गर्लान् ? थाहा पाउन धेरै दिन लाग्ने छैन । बिधि बिधानका कुरा हुन वा सामाजिक सुरक्षाका कुराहरु हुन् । उनले आफनो शुभकामनामा उठाउन सफल छन् । ठेकेदारी र विचौलियाले अक्रान्त बनेको मुलुक सरकारी कार्यालयमा सोधे पनि पैसा तिर्नुपर्ने अवस्थाको लागि कस्तो प्रकारको नियमन गर्ने हुन जिज्ञासाको उत्तर प्राप्त हुने नै छ ।

उनले व्यंग्य होइन सिधा उत्तर दिने हो । ठट्टा र उखान टुक्को लागी मदन कृष्ण–हरिबंश, धुर्मुष–सुन्तली, दीपक–दीपाश्रीहरु नै काफी छन् । समृद्धि र विकासका नारा नेपालको राष्ट्रिय गान होइन, जिब्रोमा मात्र कण्ठ गरिरहनु पर्ने । उनको व्यंग्य सुनेर मुर्छित हुँदै जिवनको लिला नै समाप्त गर्नु पर्ने । पानीमा बिश्वको दोस्रो धनि देश हो जहाँ हजारौं मेघा बिद्युत निस्कन्छ मात्र भन्ने तर अन्यत्रबाट बिद्युत किनीरहनु पर्ने हाम्रो औकातलाई नीजि साझेदारीको बिश्वास समेत बटुल्न सकेका छैनौ ।

स्वाधिन भएर पनि पराधिन र जितेर पनि पराजित मानसिकता जीउने नेतृत्वले विकास र समृद्धिको खाका कोर्न नसकेको अनुभुत गरेका प्रधानमन्त्रीले आफुले गर्ने कार्ययोजना, लगानी वातावरण, नीति र कार्यक्रमहरु दिन भने उनी सफल देखिएनन् । संघीय संसद होस् वा प्रदेश संसद र स्थानीय तहमा समेत उनको पार्टीको बलियो उपस्थिति छ ।

स्थानीय चुनाव भएको एक बर्ष बितिसक्यो संघ र प्रदेशको समेत चुनाब भएको पनि ५ महिना पुग्न थाल्यो तर पनि हसी मजाक गरेर दिन बितिरहँदा आम नागरिकको मन कुँडीरहेको छ । यसमा प्रधानमन्त्री किन चुकेका छन् ? मैले माथि डिठ्ठाको कार्यशैलीप्रति किन पनि प्रभावित थिएँ भने उनले गर्ने कार्य प्रगति, उद्देश्यहरु परिणाम मुखि थिए । सबैले अनुभुत गरेको अबस्था थियो उनी पारदर्शी थिए । उत्तरदायित्व बहन गरेको देखिन्थ्यो तर रारामा पुगेका प्रधानमन्त्री भावनामा बढी कार्ययोजनामा कम भएको देख्दा नेपाली जनताले अनुभुत गर्ने परिणाम बोलीमा मात्रै कि व्यबहारमा पनि हो प्रश्रव पीडामा बसेका नेपाली कसरी आशावादी हुने ? उनको त्यो जम्बो टोलीले दिएको प्रत्येक पलको प्रगति के होला ? उत्तरापेक्षी छुँ ।

र यो पनि

मन्त्रीका बोली र सार्वजनिक विदा कटौतीको प्रशङ्ग