१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन् । पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यास पर्याप्त मात्रामा उपलब्ध छैन ।

गुइँठाबाट निस्किने धुँवा स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । लामो समयसम्म गुइँठाको प्रयोग गरी खाना पकाउँदा धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने चिसापानी अस्पतालका डा मोहम्मद नुरुल होदा बताउछन् । ‘धुवाँले आँखा र श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउँछ,’ उनले भने । अस्पतालमा उपचारका लागि अधिकांश गृहिणी महिला आउने गरेका छन् ।

गोबरलाई गुइँठा बनाएर खाना पकाउने काममा प्रयोग गर्दा मलको अभाव हुने गरेको छ । मलको अभावले खाद्यान्न संकटको खतरा निम्तिने डर छ । गोबरले माटोको उर्वरा शक्तिलाई स्थायित्व दिन्छ । ग्रामीण भेगका किसानका घरमा गोबरलाई मलका रुपमा प्रयोग गर्ने चलन गुइँठाकै कारण कम भएको छ । सरकारले सुधारिएको चुलो, गोबरग्यास र अनुदानमा ग्यास वितरणजस्ता कार्यक्रम ल्याए मात्र गुइँठाको प्रयोग रोकिने अवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस