१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती आँखा अस्पताललाई पाँच लाख

अ+ अ-

दाङ । नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व.डा. अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई पाँच लाख सहयोग गरेको छ ।

मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व.अल्वर्टका श्रीमती डा.सिसेल हल्डेन, छोरा डा.हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई पाँच लाखको चेक सहयोग हस्तातरण गरे ।

कोलस्टाडप्रति श्रद्धाञ्जलि दिन आउनेलाई फूलमालाभन्दा पनि पार्थिव शरीरमा पैसा चढाउन परिवारले आग्रह गरेको र सो रकम नेपालमा अन्धोपन निवारणमा लगाउन परिवारले आग्रह गरेको एनएबिपीका कार्यक्रम निर्देशक हरिशरण विष्टले बताए ।

‘स्व. कोलस्टाड नेपालमा आँखा अस्पतालको स्थापना र अन्धोपन निवारणका लागि जीवनको अन्तिम समयसम्म पनि लागे, त्यही देखेर परिवारले पनि उनको पार्थिव शरीरमा फूल, माला होइन पैसा चढाउनुहोस् भनेर श्रद्धाञ्जलिमा आउनेलाई परिवारले भनेका थिए’ विष्टले भने ।

उनीहरुले नेपाल नेत्रज्योति संघ, दाङका सभापति कृष्णकुमार गिरीलाई सो रकमको चेक हस्तान्तरण गर्दै स्व.अल्वर्टले गदै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका थिए । स्व.अल्वर्टले नर्वेबाट धनगढीमा रहेको गेटा आँखा अस्पताल र दाङमा रहेको राप्ती आँखा अस्पताललाई सहयोग गर्दै आएका थिए । कार्यक्रममा अल्वर्टकी श्रीमती डा सिसेल हल्डेनले राप्ती आँखा अस्पताललाई भौतिक र प्राविधिक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस