१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृष्टिविहीन दम्पतीका छोरीको शैक्षिक अभिभावक बने विश्वकर्मा

अ+ अ-

म्याग्दी । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेको अवस्थामा १२ वर्षीया निरूता विक बिरामी बुबाआमाको हेरचाहमा व्यस्त थिइन् । आसपासका क्षेत्रबाट विद्यालय पोशाकमा आफ्नै उमेरका साथी विद्यालयमा जाँदै गर्दा निरूताले आमाको कोखमा रहेको भाइको रेखदेख गर्नुपर्ने बाध्यता थियो । उमेरले १२ वर्ष पुगे पनि निरूता परिवारमा अभिभावकको भूमिका निर्वाह गर्ने गरेकी छन् ।

दृष्टिविहीन बुबाआमा, तीन बहिनी र एक भाइलाई विहान–बेलुकी हातमुख जोड्न उनले दैनिकजसो सहयोग जुटाउनुपर्छ । उनको दुई खुट्टा नचल्दा कोठामा रहेको चुल्होमा आगो बोल्दैन । खाना पकाउने, कोठा नजिकै रहेको कालीगण्डकीमा दाउरा संकलनदेखि बिरामी बुबाआमालाई अस्पतालसम्म पु-याउनुपर्ने निरूताले आर्थिक अभावकै कारण विद्यालयको पोशाक, शैक्षिक सामग्रीलगायत आवश्यक सामग्री खरिद गर्न नसक्दा विद्यालय भर्ना हुनबाट वञ्चित भएकी थिइन् ।

घरायसी समस्याले नियमित विद्यालयमा जान नसके पनि पढाइमा अब्बल रहेकी निरूताको शिक्षादीक्षालाई निरन्तरता दिन म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम् व्यवसायी जीवनबहादुर विश्वकर्माले अभिभावकत्व ग्रहण गर्दै आइतबार प्रकाश माविमा भर्ना गरेका हुन् ।

आर्थिक अभावले शिक्षाबाट वञ्चित भएको खबर सुनेपछि विश्वकर्माले निरुतालाई आवश्यक पर्ने पोशाक, शैक्षिक सामग्रीसहित आफ्ना अभिभावकको उपस्थितिमा विद्यालयमा भर्ना गरेका हुन् । निरुतालाई करीब ६ हजारको शैक्षिक सामग्रीसहित मासिक एक हजार नगद उपलब्ध गराउने विश्वकर्माले घोषणा गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदी, सहायक प्रअ लेखबहादुर हमाल लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गर्दै माध्यमिक तहसम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत विश्वकर्माले व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक सुवेदीले आर्थिक अवस्था कमजोर भएर विद्यालय उमेरमै बाहिर रहेका विद्यार्थीलाई भर्ना गर्नु शैक्षिक अभियानकै सुन्दर पक्ष भएको बताए।

धौलागिरि गाउँपालिका–७ ताकम रातमाटा स्थायी घर भई हाल पर्वत जिल्लाको जलजला गाउँपालिका लामाखेतमा भाडामा बस्ने दृष्टिविहीन दम्पती जलन र सुस्मिता पनि सहयोगबाट खुशी भएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस