१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा खोप भण्डार केन्द्र सञ्चालन

अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । उक्तभण्डारबाट उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रमा ती खोप वितरण गरिने छ ।

स्थानीय सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा स्थापना गरिएको सो खोप केन्द्र शुभारम्भ गर्दै नगर प्रमुख शिवरा सुवेदीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हेलचेक्र्याइँ नगर्न आग्रह गरे । उनले यस केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताए ।

उक्त अस्पतालका निर्देशक डा. विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रका लागि भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाका लागिसमेत गर्वको कुरा भएको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आफूहरु तयार रहेको बताए ।

उक्त केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मी खटिने र उनीहरुले त्यहीबाट निःशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्नुका साथै सेवा प्रवाहका बारेमा नगर प्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन् । यो केन्द्रबाट उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था एवं खोप केन्द्रहरुलाई आवश्यक खोप वितरण गरिनेछ ।

केन्द्रमा हाल दुई वटा खोप राख्ने फ्रिज जडान गरिएको छ भने अर्को नयाँ फ्रिज ल्याउने तयारी भइरहेको छ । यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो । रासस

प्रतिक्रिया दिनुहोस