१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा विद्यार्थी तान्दै प्राविधिक विषय

अ+ अ-

ललितपुर । अघिल्लो वर्षसम्म सेन्ट जेभियर्स विद्यालयमा अध्ययनरत छोरीलाई लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयमा भर्ना गर्न पुल्चोक इञ्जिनियरिङ क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीहरि थापा विद्यालय पुगे ।

शैक्षिकसत्रको पहिलो महिना भएकाले अहिले देशभर विद्यालय भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा भर्ना गर्न/गराउन त्यहाँका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी अभिभावकलाई सम्झाउँदै छन् तर यो विद्यालयमा भने शिक्षित अभिभावक आफैँ छेरा–छोरी लिएर भर्ना गराउनका लागि पहल गर्दै आइरहेका छन् । केही दिन पहिलेमात्रै अर्का एक अभिभावक पनि सेन्ट जेभियर्समा नै अध्ययनरत छोरा लिएर भर्ना गर्न यहाँ आएका थिए ।

विगतमा झै यस वर्षमात्रै आठ विद्यार्थी निजी विद्यालयबाट यहाँ भर्ना हुन आएका छन् । निजी तथा अन्य सामुदायिक विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या वर्षेनी बढिरहेको छ ।

प्राविधिक विषय (इलेक्ट्रिकल इञ्जिनियरिङ) को अध्ययनका कारण विद्यार्थी सङ्ख्या वर्षेनी बढिरहेको विद्यालयका सहप्रधानाध्यापक रवीन्द्र थापा बताउँछन् । नियमित कक्षा, मजबुत व्यवस्थापनका कारण यो विद्यालयमा शिक्षित अभिभावकको चासो बढेको हो । विद्यालयमा अहिले कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयअन्तर्गत इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको अध्ययन भइरहेको छ । उनी भन्छन्, ‘यहाँ पढ्नका लागि टाढाबाट धाएर आउने विद्यार्थीसमेत छन् ।’

यस वर्षमात्रै विद्यालयबाट प्राविधिकतर्फको कक्षा १२ सकेको पहिलो ब्याजको परिणाम निस्केको थियो । बाह्र उत्तीर्ण विद्यार्थीमध्ये कतिले स्नातक इञ्जिनियरिङमा नै अध्ययनका लागि विभिन्न विश्वविद्यालयअन्तर्गतको क्याम्पसमा नाम निकालेका छन् । कति विज्ञान संकायमा भर्ना भएका छन् । कतिले विद्युत् इलोक्ट्रोनिस विषयकै काम शुरु गरेका छन् । सहप्रधानाध्यापक थापा भन्छन्, ‘प्राविधिक विषय पढेपछि खाली बस्नु पर्दैन भन्नेसमेत अभिभावकले बुझ्न थालेका छन्।’ धेरै विद्यार्थीले लोकसेवा आयोगको तयारीमा लागेका छन् । एसइई परीक्षा सकेका विद्यार्थी चौथो र १२ सकेका विद्यार्थी विद्युत् प्राधिकरणमा पाँचौँ तहमा तयारी गरिरहेका छन् ।

प्राविधिक विषयका कारण शिक्षित अभिभावकसमेत आकर्षित भएका हुन् । एक–दुईजना शिक्षित अभिभावक आउँदा त्यसले समाजमा समेत सकारात्मक छाप छाड्ने उनी बताउँछन् । अधिकांश अभिभावकमा आफ्नो सन्तानले अङ्ग्रेजीमा पढोस् भन्ने चाहना छ । सहप्रधानाध्यापक थापा भन्छन्, ‘त्यसैले पनि हाम्रो विद्यालयमा आफ्ना छोरा–छोरी पढाउँदा निजीमा पढाउँदाभन्दा कमजोर नहुनेमा अभिभावक ढुक्क छन् ।’

प्राविधिक विषयमा शिक्षक पाउन भने गाह्रो भएको सहप्रधानाध्यापक थापा बताउँछन् । विद्यालयले जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा शिक्षक माग्ने गरेको छ । केही समय पढाएका शिक्षक विद्युत् प्राधिकरणमा नाम निकालेर जाँदा फेरि शिक्षक खोज्नु पर्छ । उनी भन्छन्, ‘एक वर्षमा दुई पटकसम्म शिक्षक फेर्नुपर्ने भएको छ । शिक्षकलाई आकर्षण गर्ने कुरा नहुँदा टिकाउन नसकिएको हो। ’

राम्रो पढ्ने र मध्यम दुवैखालका विद्यार्थीका लागि यो विषय उपयोगी भएको विद्यालयको अनुभव छ । राम्रो पढ्ने विद्यार्थीले पुल्चोक इञ्जिनियरिङ कलेजलगायतमा नाम निकालेका छन् । मध्यमखालका विद्यार्थी सीपका कारण आत्मनिर्भर भएका छन् । उनी भन्छन्, ‘सामान्य विषय पढ्ने विद्यार्थी एमए सक्दासम्म अरुको भर पर्नुपर्छ तर प्राविधिक विषयका विद्यार्थी एसइई वा १२ सकेपछि नै आत्मनिर्भर हुन्छन् ।’

विद्यालयको कक्षा १० मा अहिले ४२ विद्यार्थी छन् । तीमध्ये १६ जना सामान्य र २६ जना प्राविधिक विषयका विद्यार्थी हुन् । कक्षा ९ मा अहिले जम्मा ४४ जना विद्यार्थी छन् । तीमध्ये २८ इञ्जिनियरिङका विद्यार्थी हुन् । विद्यालयमा अहिले झण्डै ५२५ विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस