१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा सिसी क्यामेरा जडान

अ+ अ-

लहान । सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले जानकारी दिए ।

नगर क्षेत्रभित्रका छ वटा माविको सम्पूर्ण विद्यालय प्रांगण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको बरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई चार वटाका दरले क्यामेरा जडान गरिएको छ ।

नगर क्षेत्रभित्र पर्ने जनता नमूना मावि, गोलबजार आठ चोहर्वा, जनता (प्रविधिक) मावि गोलबजार चार, जनता मावि, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार तीन, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् । तराईका जिल्लामा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख देवनाथ साहले बताए ।

विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने प्रमुख साहको कथन छ । क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सकिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस