१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचार नपाएर पेटको बच्चासहित गर्भवतीको मृत्यु

अ+ अ-

सुर्खेत । सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ ।

कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापर्वाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताउनुभयो । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ ।

छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताए । ‘बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,’ उनले भने । उनका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ ।

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमानको आरोप छ । अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उनको भनाइ छ ।

अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ ।

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु : अस्पताल

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन् ।

गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा. खड्काको भनाइ छ । उनले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो ।

पाँच दिनदेखि मरेको बच्चा पेटमा

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी) का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् ।

दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना भएकी छन् ।

वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आएका हुन् ।

सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताए । अस्पतालले औषधि किनेर ल्याउनुस् मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उनले बताए । अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस