१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौरिँदैछ वीर अस्पताल

अ+ अ-

काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै थिइन् कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए ।

अर्काथरिको अनुमान थियो, ‘होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।’ शुक्रबारै प्रधानमन्त्री मोदी काठमाडौं आउदै थिए र उनको स्वागतका लागि पनि काठमाडौंमा व्यापक सरसफाइ भइरहेको थियो ।

वीर अस्पतालको चौथो तलाको भित्तामा रङ लगाइरहेका धुर्मुसको देब्रेपट्टि शिशा पुछिरहेका थिए खेम शर्मा । शर्मालाई देखेपछि भने सबैको जिज्ञासा मेटियो, ‘ए यहाँ त सरसफाइ पो भइरहेको रछ ।’ बिरामी भेट्न आएका एक जनाले भने, ‘त्यही त अस्पतालको ‘लिफ्ट’ आज किन यति सफा देखियो भन्ने त मलाई शुरुमै लागेको थियो ।’

 

अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लागेका छन् । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उनीहरु आफैँ खट्छन् । उनीहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गरेका छन् । अभियानका अन्य सहयोगीमा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य छन् ।

राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

राज्मन्त्री अर्यालले सो अभियानको शुरुआत गर्दै भनिन्, ‘हामीले यो सफाइलाई अभियानकै रुपमा काठमाडौंको मुटुमा रहेको र आम नेपालीको चासो रहेको वीर अस्पतालबाट शुरु गरेका छौँ र यसलाई नेपालका सबै सरकारी अस्पतालमा पु¥याउने हाम्रो योजना छ ।’

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत भन्छन्, ‘पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उनीहरुले काम शुरु गरेका छन्, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहेका छन् । मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।’

 

भूकम्पपीडितहरुलाई बस्ती बसाल्नेजस्तो अत्यन्त प्रशंसनीय काम गरेका कलाकार धुर्मुस र सुन्तली भन्नुहुन्छ, ‘वीरजस्तो मुलुकको जेठो र संवेदनशील अस्पताल सफाइ गरेर देशका अन्य सरकारी अस्पताल र अस्पताल मात्र नभएर अन्य क्षेत्रमा पनि नमूना पेश गर्न सकियोस् भनेर यो अभियान थालिएको हो । रातदिन काम गरेका छौँ, सक्दो बल लगाएका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ ।’ धुर्मुस सुन्तली फाउण्डेशनले रङरोगनका लागि सामग्री र मजदूरको प्रबन्ध गरेको छ र उनीहरु आफैँले पनि काम गरिरहेका छन् । धुर्मुस ठट्टा गर्छन्, ‘मान्छे खेद्नु अघिबाट, पशु खेद्नु पछिबाट’, भनेजस्तै कामको अगुवाइ आफैँले गर्नुपर्छ, बल्ल भनेजति काम हुन्छ ।’

 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, सफा नेपाल उपसमितिका संयोजकसमेत रहेका शर्मा वीर अस्पताल अहिले प्रायः निम्नवर्गीय नेपाली नागरिकको आस्था र भरोसाको केन्द्र भएकाले यसको सफाइ गरी सबै नेपालीले उपचार गराउने अस्पतालका रुपमा विकास गर्ने प्रयासमा आफूहरु जुटेको बताउँछ् ।

‘यो स्वयंसेवी कार्य हो र हामीले आवश्यक सामग्री तथा मजदूरहरु आफैँ जुटाएका छौँ, उनले भने । आफूहरुको अभियान देशभरकै सरकारी अस्पताल सफा गर्ने रहेको उनको भनाइ छ । ‘धेरै नेपाली तथा पर्यटकको चासो र चाप रहने कार्यालय, संरचना वा स्थानको सफाइ अहिलेको प्राथमिकता हो र आफ्ना दक्ष जनशक्तिबाट नेपालमा सफाइ क्षेत्रमा सीप हस्तान्तरण गर्ने खेम्स क्लिनिङको उद्देश्य हो’, उनले भने ।

 

अष्ट्रेलियामा एक दशकदेखि सफाइ कार्यमा सफलता कमाएको सो कम्पनीले एक वर्षदेखि नेपालमा काम गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्रलगायतमा सफाइ गरी ती कार्यालयका सफाइ मजदूरलाई सीप हस्तान्तरण गर्ने काम सो कम्पनीले गरेको छ । गैरआवासीय नेपाली संघमा समेत सफाइ उपसमितिको संयोजकका रुपमा रहेर शर्माले नेपालमा सफाइका क्षेत्रमा नेपालीले नै विदेशमा सिकेको सीप र ज्ञान भित्र्याउन संस्थागत रुपमा काम गर्न लागेको बताउछन् ।

हाल स्वयंसेवीका रुपमा नेपालका विभिन्न क्षेत्रमा सफाइ जारी राखिएकोे र आगामी दिनमा यस कार्यलाई कम्पनीमार्फत संस्थागत गरी देशव्यापी रुपमा सीप सिकाउने अभियान सञ्चालन गरिने योजना रहेको खेम्स क्लिनिङका प्रबन्ध निर्देशक विश्वास अधिकारी बताउछन् । हाल वीर अस्पतालमा कम्पनीका १५ दक्ष कामदारले काम गरिरहेका र वीरकै थप १५ जनालाई सीप सिकाइरहेका छन् । ‘भोलि तिनै सीप सिकेका कामदारबाट सो अस्पतालका अरु कामदारमा सीप हस्तान्तरण हुनेछ’, अधिकारी भन्छन् ।

वाग्मती सफाइ अभियानकर्मी धरेल पनि प्रायः सफाइ मजदूरसँगै छन् । उनी कुन रङ कता सुहाएको छ हेर्छन्, कहाँ के पुगेन सुझाउँछन् । उनी भन्छन्, ‘वीर अस्पताल नेपालको अस्पतालकै पर्याय र इतिहास हो, यहाँ अन्यत्र नभएका उपकरण र अनुभवी चिकित्सक छन्, त्यसैले यसलाई सबै नेपालीको भरोसायुक्त अस्पताल बनाउन यो सफाइ अभियानले थप सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस