१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

अ+ अ-

बेइजिङ । उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको छ ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी भएको जापानको सरकारी प्रशारण संस्था एनएचके टेलिभिजनले दिएको छ ।

उक्त प्रशारण संस्थाकाअनुसार उक्त प्रतिनिधिमण्डल बेइजिङ्को एक अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पुगेको थियो । सो दृश्य उक्त टेलिभिजनले देखाएको बताइएको छ ।

तर पनि सो भ्रमणमा सहभागी अधिकारीको नाम भने उसले दिएको छैन । उक्त भ्रमण दलमा उत्तर कोरियाका केही उच्चस्तरीय अधिकारी भएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको छ ।

सोही भ्रमणको पूर्व सन्ध्यायमा भएको उत्तर कोरियाली नेताको यो चीन भ्रमणलाई एक अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । यसका साथै उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगोक थिए ।

उनले गएको दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका थिए। दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

राष्ट्रपति ट्रम्पले विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने र यो वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने ट्वीटरमार्फत जनाएका छन् ।

यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई गत बुधबार नै रिहा गरिसकेका छन् ।

उक्त सिंगापुर वार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले पनि हालै उत्तर कोरियाको भ्रमण गरेका थिए। सो भ्रमणपछि नै उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई रिहा गरेको थियो ।

उत्तर कोरियाको भ्रमणलगत्तै अमेरिकी विदेशमन्त्रीले आसन्न वार्ताको वातावरण निर्माण भएको र परिस्थिति सबै सकारात्मक रुपमा नै अघि बढेको प्रतिक्रिया दिएका थिए ।

सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राखेका छन् । उनले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताएका छन् ।

यी वातावरणका कारण उत्तर र दक्षिण कोरियाली नागरिकमा पनि शान्तिको आशा पलाएको बताइएको छ । विश्वका सञ्चारमाध्यमहरुले कोरियाली प्रायद्वीपमा अब शान्ति स्थापना हुने बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस