१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा भर्ना बन्द

अ+ अ-

उदयपुर । तपाईँहरू आफ्ना छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? अधिकांश अभिभावकले उत्तर दिन्छन्– निजी विद्यालय । निजी विद्यालयप्रति अभिभावकको मोहले कतिपय सरकारी विद्यालयमा विद्यार्थीको चाप बर्सेनि घट्दो छ ।

तर, जिल्लाको त्रियुगा उच्च मावि भने यसको अपवाद हो । यहाँ भर्ना हुन आउनेको चाप थेगिनसक्नु छ, जसका कारण विद्यालयले यस शैक्षिक सत्रमा भर्नासमेत बन्द गराएको छ ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थीको चाप अत्यधिक बढेकाले भर्ना बन्द गराएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका अनुसार चालू शैक्षिक सत्रमा (वैशाखसम्म) अंग्रेजी माध्यममा कक्षा ५ देखि माथिल्ला कक्षामा झन्डै एक हजार विद्यार्थी भर्ना भइसकेका छन् । अझै पनि विद्यालयमा भर्ना हुन आउने क्रम जारी रहेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयले पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ ।

प्राचार्य सुवास विष्टले विद्यार्थी भर्ना हुन आउने क्रम निरन्तर रहे पनि विद्यार्थीको क्षमताले धान्न नसक्ने भएकाले भर्ना बन्द गर्नुपरेको बताए । उनका अनुसार अहिले विद्यालयमा झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

निजी विद्यालय छाडेर भर्ना हुन आएपछि विद्यार्थीको चाप बढेको विद्यालय प्रशासनले जनाएको छ ।

अंग्रेजी माध्यमबाट पठनपाठनसँगै सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारले विशेष प्राथमिकता दिने नीति बनाएकाले छोराछोरीलाई त्रियुगा उच्च माविमै भर्ना गराएको स्थानीय कमल परियार बताउँछन् ।

गत वर्षसम्म जिल्लाका १० वटा सरकारी विद्यालयले मात्र अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका थिए । नयाँ शैक्षिक सत्रदेखि तीन दर्जन विद्यालय थपिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख हरिहर धितालले जानकारी दिए ।

सरकारले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी जागिरपछि प्राविधिक शिक्षा अध्ययनमा विशेष प्राथमिकता दिन नीति ल्याउनु, अंग्रजी माध्यममा पठनपाठन सुरु गरिनुलगायत कारणले सरकारी विद्यालयमा विद्यार्थी भर्नाको चाप बढेको हो ।

प्रतिक्रिया दिनुहोस