९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई हरियालीमय र फलफूलमय बानाउने प्रधानमन्त्रीको अभियान

अ+ अ-

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आज सिंहदरवारमा वृक्षारोपण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु-याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गरेका छन् ।

‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उनले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पु¥याउन सबैसँग आह्वान गर्दै भने, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔँ, हरियाली बढाऔँ, आम्दानी बढाऔँ, वातावरण सपारौँ, ।” नेपालमा हाल करीब ४५ प्रतिशत वनक्षेत्र छ ।

आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, “हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ ।

विदेश निर्यात गर्न सकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्दै उनले फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विचार प्रकट गरे ।

सो अवसरमा आँप, लिची, एबोगार्डो, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको थियो । उपप्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि वृक्षरोपण कार्यक्रममा सहभागी भए । जमीनको सदुपयोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यका साथ उक्त अभियान शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस