१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यु – १६ टि–२० सान क्रिकेट कप आइतबारबाट

अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनमा कागेश्वरी मनोहरा यु–१६ टि –२० सान क्रिकेट कप आईतबारबाट सुरु हुने भएको छ ।

अधिल्लो बर्षबाट सुरु गरिएको प्रतियोगितालाई निरन्तरता प्रदान गर्दै दक्ष र स्तरिय राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने तथा सानले प्रत्येक बर्ष संचालन गरेको प्रशिक्षण कार्यक्रमबाट उत्पादित खेलाडीहरुको स्तर मापन गर्ने र उमेर समूहका खेलाडीहरुको प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विभिन्न एकेडेमी तथा स्कुलका गरि ११ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक सुदेश कुमार रिमालले जानकारी गराए ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितामा सहभागी ११ टिमलाई ४ समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतियोगिता संचालन गरिने छ ।

जेष्ठ २७ देखि आषाढ ९ गते सम्म संचालन हुने प्रतियोगिताको समूह क मा सान निलो, एन्जल्स स्कुल र के.सि.टि.सी. ‘ए’ रहेका छन् । यस्तै समूह ‘ख’ मा ओसिस, पाँच पोखरी र बालुवाटार क्रिकेट एकेडेमी, समूह ‘ग’ मा केसिटिसी ‘बी’, ग्रेट हिमालयन र सैनिक आवाशिय महाबिद्यालय तथा समूह ‘घ’ मा सान रातो र नेक्सस रहेका छन् ।

मुलपानीस्थित क्रिकेट मैदानमा हुने प्रतियोगितामा विजयी टिलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने प्रत्येक खेलमा एक जनालाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरने छ । यस्तै प्रतियोगिताको अन्तमा एक जनालाई म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरको उपाधीका साथै ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटन आईतबार मुलपानीस्थित क्रिकेट मैदानमा बिहान ८ बजे प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गर्नु हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन खेल एन्जल्स र केसिटिसी विच हुने संयोजक रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस