२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोजसम्म जिल्ला जनस्वास्थ्य कार्यालय यथावत् रहने

अ+ अ-

काठमाडौं । सरकारले आजदेखि खारेजीमा पर्ने भनिएका जिल्ला जनस्वास्थ्य कार्यालयलाई आगामी असोज मसान्तसम्म यथावत् राख्ने भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तीन महिनापछि प्रदेशमा ती कार्यालयहरुको व्यवस्थापन गरिने बताए ।

उनले भने, ‘जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्न हुँदैन, ती कार्यालय प्रदेश सरकारको मातहतमा गएकाले तिनको अन्य उपायद्वारा व्यवस्थापन गर्नुपर्छ।’

मन्त्रिपरिषद्को सोमबारको बैठकले ती कार्यालय असोजसम्म यथावत् राख्ने निर्णय गरेको जानकारी दिँदै उनले वर्षा शुरु भएसँगै सम्भावित महामारी, प्राकृतिक प्रकोपलगायत जोखिम व्यवस्थापनको पूर्वतयारीमा जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत गर्नुपर्ने भएकाले तत्काल खारेज नगरिएको बताए ।

अस्पताल विकास समिति खारेज
सरकारले मुलुकभरका सबै सरकारी अस्पतालका विकास समितिलाई खारेज गरेको छ । सो बारेमा आज आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले भने, ‘विकास समितिको आवश्यकता पनि भएन, २०१३ सालमा विकास समितिको कानून बनेको रहेछ, त्यो समयमा आवश्यकता थियो होला, अहिले अवस्था फेरिएको छ ।’

सबै स्वास्थ्य संस्थाका विकास समितिले गर्ने काम अब स्थानीय तहअन्तर्गत हुने उनको भनाइ छ ।

एक फरक प्रसंगमा उपप्रधानमन्त्री यादवले स्वास्थ्य, शिक्षाजस्ता जनतासँग अतिआवश्यक क्षेत्रमा राजनीति गर्न नहुने बताए ।

‘राजनीतिज्ञले निजी अस्पताल, विद्यालय, क्याम्पस खोलेर चलाउन थालेपछि ती संस्थाको गुणस्तरीयता कसरी कायम हुनसक्छ भन्ने चिन्ता अहिले छ,’ उनले भने, ‘ती क्षेत्रलाई विशुद्ध सेवाको रुपमा मात्र हेर्न सक्नुपर्दछ ।’

उनले जसले शुद्धता ल्याउनुपर्ने हो उसैले विकृति ल्याउन नहुने धारणा उनको छ । रासस