२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयतालाई संस्थागत गर्ने पहिलो दायित्व : डोरमणि पौडेल

अ+ अ-

सिन्धुली । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले सरकारमाथि चौतर्फी प्रहार भएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा आजाद स्मृति भवन सिन्धुलीमा आयोजित कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पणपछि उनले चौतर्फी प्रहारमा पनि सरकार दृढताका साथ अघि बढिरहेको बताए ।

उनले सबैभन्दा पहिला संघीयतालाई संस्थागत गर्नुपर्ने पहिलो दायित्व रहेको बताए।

प्रदेश नं. ३ का १३ वटैै जिल्लामा समान तवरले विकास गर्ने आफ्नो संकल्प रहेको र त्यहीअनुरुप काम गर्ने बताउँदै उनले भने, “रोजगारी सिर्जना गर्ने, हरेक गाउँमा आधारभूत कुरा पूरा गर्नेमा आफू सदैव अघि बढेको छु, त्यसैले तपार्इँहरुले निहुरिनुपर्ने काम म गर्दिन, जे गर्छु सबैको हितमा गर्दछु ।”

कार्यक्रममा प्रदेश सभासद् विनोदकुमार खड्का, लेखनाथ दाहाललगायत नेकपाका नेता तथा कार्यकर्ताले पुष्पलालको सपनामा मदन भण्डारीले एउटा तला थपेको र अबको सरकारले यसलाई पूर्णता दिने बताएका थिए । यसैबीच मुख्यमन्त्री पौडेलले सिन्धुली प्रदेश नं १ ख का प्रदेश सांसद प्रदीप कटुवालसँग भेटी उनकी आमा तम्कमायाको उपचारका क्रममा ७४ वर्षका उमेरमा यही साउन २ गते निधन भएकामा समवेदना प्रकट गरेका छन् ।