२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल निर्माणले मनाङको यात्रा सहज

अ+ अ-

मनाङ । मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।

सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले दुई करोडमा सो पुल बनाएको हो । पुल बनेपछि मनाङ लमजुङको यात्रा सहज भएको छ । खोलामा बाढी आउने र यात्रु अलपत्र भएर बस्नुपर्ने समस्या हटेको छ ।

‘अब त पुल बन्यो हाम्रो यात्रा सहज बन्यो, समयमा नै गन्तब्यमा पुग्न सजिलो भयो,’ स्थानीयवासी पार्वती गुरुङको भनाइ छ । पुल नहुँदा खोलाले धेरै दुःख दिएको तीतो अनुभव सवारी चालक नेत्रबहादुर गुरुङले सुनाए । ‘सानो देखेर खोलामा गाडी हाल्यो बीचमा अड्किएर खोलामै बसेँ । गाडी बिग्रिएर रु ५० हजार लगाएर मर्मत गरेँ । पुल बनेर सहज भएको छ, अब त्यस्तो समस्या हुँदैन ।’

बेँसीशहर – चामे सडकखण्डमा पर्ने यस खोलामा नेपाली सेनाले निर्माण गरेको बेलीबृज २०७२ साल असार ३१ गतेको बाढीले बगायो । त्यस बेला स्थानीयवासीको पहल र तत्कलीन जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत नियमित गरियो ।

अस्थायी काठको पुल एक वर्ष पनि नटिकेपछि खोलाबाट नै सवारीसाधन आवतजावत गरिरहेका थिए । सडक डिभिजनसँग २०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारवाहन कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको छ ।

यस सडकखण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सब्जेखोलामा अझै काम पूरा भएको छैन । लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला भएकाले आफूहरुले यसलाई पहिलो प्राथमिकता दिएको कन्सलटेन्सीका इञ्जिनीयर नारायण लामाले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण समयमा काम सम्पन्न गर्न कठिन भएको र सम्झौताभन्दा ढिला हुन पुगेको हो ।

लामाका अनुसार यस सडकखण्डमा पर्ने तिमाङ खोला, पिसाङ खोला र स्यार्कु खोला पनि क्यारवाहन कन्सलटेन्सीले नै लिएको छ । २२ करोडमा मनाङका पाँच खोलामा मोटर चल्ने पुल निर्माण गर्ने जिम्मा लिएको हो । सबै खोलामा २०७५ असार मसान्तसम्ममा काम सकाउने सम्झौता छ ।

सम्झौताअनुसार काम भएन नि भन्दा कन्सलटेन्सीका प्रबन्ध निर्देशक चन्द्र थकाली भन्छन्, ‘भौगोलिक विकटता नै प्रमुख कारण भएको र आफूहरुले समयमा काम थाले पनि हिउँदमा अत्यधिक चिसोले सिमेन्टको काम गर्न सकिएन ।’ वर्षामा अत्यधिक पानी पर्ने र हिउँदमा काम गर्न नसक्नु ढिलाइको प्रमुख कारण रहेको बताइन्छ ।

उनले भने, ‘अब बाँकी रहेका खोलामा ७० प्रतिशत काम पूरा भइसकेको छ, दशैँतिहारको बीचमा सबै खोलामा पुल निर्माण गरी मनाङको सडकमा कुनै पनि खोलाले छेकथुन हुँदैन ।’ यो सडकखण्डको प्रमुख समस्या बनेको म्यार्दी खोलामा पुल बनेपछि यात्रु र चालक सबैका लागि मनाङ यात्रा सहज बनेको छ ।