२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाको सरकार नभए देश भयानक संकटमा पर्ने थियो : ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने बताए छन् । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु-याएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गरे ।

प्रदेश नम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै उनले भने, ‘हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।’

उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा सांसदहरुले प्रदेश नम्वर ५ का वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराएका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले सांसदहरुका सबै चासोहरुको सुनुवाई हुँदै जाने बताए ।