२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनजातिको कला संस्कृति पर्यटकका लागि आकर्षक – मन्त्री थापा

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आदिवासी जनजातिको कला संस्कृति पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु भएको बताएकी छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघद्वारा प्रकाशित ‘नेपालमा आदिवासी जनजाति महिलाको आर्थिक सशक्तीकरणको अवस्था’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उनले भनिन्, “आदिवासी जनजातिको परम्परागत कला संस्कृतिको संरक्षणमा सरकारले विशेष चासो दिनुपर्छ ।”

मन्त्री थापाले नेपाललाई विश्वमा नै चिनाउने हाम्रो कला, संस्कृति र वेषभूषालाई राज्यको सम्पत्तिका रुपमा लिनुपर्ने उल्लेख गर्दै आदिवासी जनजाति महिलाको सशक्तीकरणका लागि सरकार पूर्णप्रतिवद्ध रहेको छ भनिन् ।

डा. कृष्णबहादुर भट्टचन, कमला थापा, नन्द कन्दङ्गवा, अधिवक्ता अमृता थेबे र राजु थापामगरले लेखेको उक्त पुस्तकमा आदिवासी जनजाति महिलाको आर्थिक अवस्थाका बारेमा विश्लेषण गरिएको छ ।

पुस्तकमा माझी, राउटे, थकाली, थारु र याख्खो समुदायका महिलालाई आर्थिकरुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा जोड दिएको छ ।

सो अवसरमा आदिवासी जनजातिका कला संस्कृति झल्कने तस्वीरसमेत प्रदर्शनी गरिएको थियो । रासस