१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

अ+ अ-

कञ्चनपुर । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो ।

रजस्वला हुँदा पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने लगायतका कार्य यहाँका समाजमा अझै विद्यमान छ । समाजमा विद्यमान यस्ता कुप्रथालाई हटाउनका लागि नगरपालिकाले विद्यालयमा कार्यक्रम सञ्चलन गरेको छ ।

चेतनाको अभावमा किशोरीहरुले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेका छौंँ नगर प्रमुख हमालले भने, “यसका लागि नगरपालिकाले एक लाख बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।”

यसैगरी नगरपालिकाले गर्भवती महिला र ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाट प्रयोगशालाका सम्पूर्ण सेवा निःशुल्क दिने व्यवस्था गरेको छ । वडा नं. ८ रैकवार स्वास्थ्यचौकी र वडा नं. ५ कृष्णपुर स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा निःशुल्क गरिएको हो । प्रयोगशाला सेवा निःशुल्क गरिएपछि दुबै स्वास्थ्य चौकीलाई दुई लाख अनुदान रकम उपलब्ध गराइएको नगर प्रमुख हमालले बताए । नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रुपमा तीन हजार भत्ता उपलब्ध गराउने पनि व्यवस्था गरेको छ ।

सुत्केरी पछि तीन पटक स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा पुग्ने महिलालाई समेत प्रोत्साहनस्वरुप नगरपालिकाले तीन सयका दरले रकम उपलब्ध गराउनाका साथै पाठेघर खसेका महिलाका लागि स्क्रानिङ गर्नका लागि दुई वटा क्याम्प सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । सो कार्यका लागि एक लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

गर्भवती तथा बालबालिका पोषण प्रर्वद्धन तालीमका लागि एक लाख र किशोरकिशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि तालीम आयोजना गर्न एक लाख ५० हजार व्यवस्था गरिएको छ । “नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्यबारे जागरुक बनाइ स्वस्थ्य समाज निर्माणका लागि जनमुखी कार्यक्रम बनाइ लागू गरेका छौँ ” नगरप्रमुख हमालले भने । रासस

प्रतिक्रिया दिनुहोस