७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

अ+ अ-

बैतडी । दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ ।

आव २०७३/७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४/७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन् ।

हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस