२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताए ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा सहयोग मिलेको बताए ।

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त हुनु र अफिसियल डेभलपमेन्ट एसिस्टेन्टअन्तर्गत नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गरे ।

हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनामा कोरियाली सहयोगमा दुई परियोजनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उनले अवगत गराए । संविधान र सङ्घीयतासँगै मुलुक समृद्धितर्फ उन्मुख भएको जानकारी दिँदै मन्त्री पोखरेलले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग कोशेढुङ्गा हुने आशा व्यक्त गरे ।

मन्त्री पोखरेलले यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म सियोलमा हुने विश्व सूचना प्रविधि नेतृत्व सम्मेलन’ मा भाग लिन आफूले निमन्त्रणा स्वीकार गरेको पनि जानकारी दिए । राजदूत पार्कले आफूले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाका विकासका लागि नेपाल सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।