२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा

अ+ अ-

परासी । पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिकाअन्तर्गत पर्दछन् ।

नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका नागरिक यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको असहजतामा बाँच्दै आएका छन् । त्यही विकट पहाडी क्षेत्रका नागरिकलाई लक्षित गरी बर्दघाट नगरपालिकाको पहाडी क्षेत्र संसारकोटमा नगरपालिकाको पहलमा नेपाल टेलिकमले जीएसएम मोबाइल बीटीएस टावर सञ्चालनमा ल्याएको छ ।

टावर सञ्चालन भएपछि अहिले त्यस क्षेत्रका नागरिक सञ्चारको सहज पहुँचमा पुगेका छन् । नगरपालिकाको वडा नं २ मा पर्ने सो क्षेत्र बर्दघाट बजारबाट करीब दुई घण्टा उकालो पैदलयात्रापछि पुग्न सकिन्छ । सडकको ट्र्याक खुले पनि यातायातको साधन सञ्चालनमा नआएकाले सो क्षेत्र नगर भए पनि विकट छ ।

त्यहाँ टावर सञ्चालन भएपछि बर्दघाट–२ को आमबास, बाँसखोला, सुखौरा, पटुके, तिल्केनी, संसारकोटलगायतका पहाडी बस्तीका गाउँलेलाई सहज भएको छ । मोबाइल टावर नहुँदा यसअघि सो क्षेत्रका नागरिकलाई सञ्चारमा निकै असहजता थियो ।

नेपाल टेलिकमको टावर स्थापना भएपछि खुशी हुँदै संसारकोटका स्थानीय प्रेम सोमइ मगरले भने, ‘हाम्रो गाउँसहित पहाडी क्षेत्रका धेरै युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा छन्, तर मोबाइलको नेटवर्क सहज नहुँदा घरपरिवारसँग कुराकानी गर्न निकै असहज थियो, कतै फोन गर्न परे तत्काल फोन नलाग्ने, लागिहाले पनि आवाज नबुझिनेजस्ता समस्या हामीले भोग्दै आएका थियौँ, अव निकै सहज भएको छ ।’

टावर सञ्चालन भएसँगै सो क्षेत्रमा इन्टरनेट प्रयोगमा पनि सहजता आउने नेपाल टेलिकमले जनाएको छ ।

सहज रूपमा मोबाइल प्रयोग गर्न पाएपछि बर्दघाटका उच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएको छ । केही दिनअघि सो सेवाको शुभारम्भ गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले अब नागरिकले सहज रूपमा सञ्चार सेवा प्रयोग गर्न पाउने भन्दै बर्दघाट नगरपालिकाको पहाडी भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजनामा सञ्चारको सहज पहुँचले एउटा इँट्टा थपेको बताए। रासस