काठमाडौं । शसस्त्र प्रहरीले महिलाको कपाल तानेर लछारपछार गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको छ ।
भिडियोमा शसस्त्र प्रहरीले महिलाको कपाल तान्दै ढलाईरहँदा उनको हातबाट कपाल छुटाउन सानी बालिकाले प्रयास गरेको देखिन्छ ।
उक्त घटना वीरगंजको भएको बुझिएको छ । करीब एक घण्टा अघि आफ्नो फेसबुक भिडियो पोष्ट गर्दै राजेश मान सिंहले संघीय गृहमन्त्री र प्रदेश २ का गृहमन्त्रीलाई सम्बोधन गर्दै महिलामाथि भएको घटनाबारे लेखेका छन् ।
हेर्नुहोस् भिडियो
https://www.facebook.com/100005280018089/videos/946372332215425/
भिडियो राजेश मान सिंहको फेसबुक पोष्टबाट







