९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

अ अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली संघ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ । 

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

यससम्बन्धी जानकारी दिएका दुई व्यक्तिले नयाँ कर लागू हुने समय परिवर्तन हुनसक्ने बताएका छन् । ह्वाइट हाउसका अनुसार अनुदानका कारण सस्तो सामानको अत्यधिक उत्पादन र निर्यात हुँदा अमेरिकी उद्योगहरू प्रतिस्पर्धामा कमजोर भएका छन् ।

प्रस्तावित कर अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा असंवैधानिक ठहर गरेका व्यापक आयात शुल्कको विकल्पका रूपमा ल्याउन लागिएको हो । अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत भइरहेको अनुसन्धानले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशविरुद्ध शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ ।

नयाँ शुल्कको दर स्पष्ट भइसकेको छैन । तर यसअघि घोषणा गरिएका १० देखि १२।५ प्रतिशतका शुल्कमाथि थपिने अपेक्षा गरिएको छ ।

चीनको विशाल औद्योगिक उत्पादन क्षमता र कमजोर घरेलु मागका कारण कम्पनीहरू विदेशी बजारमा निर्भर हुन थालेका छन् । सवारीसाधन, सौर्य प्यानल, सिमेन्ट र इस्पातजस्ता क्षेत्रमा चीनको बढ्दो उत्पादनले व्यापारिक साझेदारहरूको चिन्ता बढाएको छ । गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी १२ खर्ब अमेरिकी डलर पुगेको थियो ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै सेन्झेनमा भेटवार्ता भए पनि व्यापार घाटा दुई देशबीचको प्रमुख विवाद बनेको छ । सी अर्को महिना फ्लोरिडामा हुने समूह २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । 

0 Comments