२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्र प्रमुखलाई विवादमा तान्न हुँदैन’

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको छलफल कार्यक्रममा नेता पौडेलले राष्ट्रपतिका लागि सवारी साधन किन्ने विषय सामन्य भएको बताए । उनले सरकारको कामकाजका विषयमा आवाज उठाउन विपक्षी दललाई आग्रह गरे । ‘जनताको भावनाअनुरुप काम भएको छ कि छैन, सरकार के गरेर बसिरहेको छ, त्यस विषयमा खबरदारी गर्नुस्, त्यो उचित हुनेछ,’ नेता पौडेलले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए। नेपालको गौरवका निम्ति र सुरक्षाको हिसाबले गाडीको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । सरकारले नौ महीनामा केही गर्न नसकेको र सुरक्षाको विषयमा चुकेको उनको आरोप थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्न आवश्यक नभएको आफूहरुले राय दिएको बताए । उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि पनि महंगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महंगो गाडी खरिद गर्नु हुँदैन भन्ने नै हो ।’ रासस