९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग

अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ ।

प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि सहयोग जुट्न थालेको हो । विद्यालयको पुनःनिर्माण र घरबारविहीनको घर निर्माणको लागि बेलायतमा रहेका कुइनेमङ्गलेवासीको पहलमा रु १३ लाख ९० हजार ५३० सहयोग जुटेको छ ।

बेलायतमा बस्ते कुइनेमङ्गलेका मीमप्रसाद छन्त्यालको नेतृत्वमा, त्यहाँ रहेका म्याग्दीवासी र नेपालीबाट सङ्कलन भएको सहयोग रकममध्ये विद्यालयको पुनःनिर्माणको लागि रु सात लाख ९० हजार ५०० र नदी कटानबाट घरबारविहीन भएका दुई घरपरिवारलाई रु छ लाख राहत उपलब्ध गराइएको छ ।

विद्यालयमा आइतबार आयोजित कार्यक्रममा समन्वयकर्ता एवं छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष गमान छन्त्याललाई विद्यालयलाई प्राप्त सहयोग हस्तान्तरण गरे ।

त्यस्तै बाढीपीडितको लागि आएको सहयोग रिखार आमा समूह खरिबोटका उपाध्यक्ष गीता फगामी छन्त्याल, कोषाध्यक्ष सोमकुमारी छन्त्याल र बाढीपीडित यामबहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । यामबहादुर र चन्द्रबहादुर चन्दको घर रघुगङ्गा नदी कटानबाट पूर्णरुपमा क्षति भएकाले घरको पुनःनिर्माणमा सहयोग गरिएको हो ।

त्यस्तै सोही अवसरमा बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले समेत विद्यालयको पुनःनिर्माणको लागि रु ८० हजार सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति पुन, सहसचिव सुनिता मल्ल र सदस्य दमकुमारी छन्त्यालले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरे ।

सोही कार्यक्रममा अमेरिकामा रहनुभएका खरिबोटका कमल छन्त्यालले सङ्कलन गरेका रु २ लाख ७७ हजार ८३३ अभियन्ता छन्त्यालका बुबा एवं नेपाली काङ्ग्रेस कुइनेमङ्गले गाउँ एकाइ समितिका सभापति भीमबहादुर छन्त्यालमार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको थियो ।

रघुगङ्गा नदीमा आएको भीषण बाढीले रु ५ करोड बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनेको रितङ माविको पुनःनिर्माणको लागि सो अवसरमा छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र गमान छन्त्यालको परिवारबाट रु २ लाख सहयोगको घोषणा भएको छ । रासस

प्रतिक्रिया दिनुहोस