१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन प्रणालीमा सुधारको माग गर्दै सेयर लगानीकर्ताद्वारा नेप्से घेराउ

अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।

शेयर लगानीकर्ताले आज नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोवार प्रणालीमा तत्काल सुधारका साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । शेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर (दलाल) मार्फत् कारोवार गर्दै आएका छन् ।

स्टक एक्सचेञ्जले गत कात्तिक २० गतेदेखि ‘नेप्से अनलाइन कारोवार प्रणाली’ सञ्चालनमा ल्याएको हो । आइतबार शेयर कारोवार भइरहेको समयमा प्रणालीमा प्राविधिक समस्या आएपछि एक्कासी अवरोध भएको भन्दै लगानीकर्ताहरुले आक्रोस पोखेका थिए ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघको आह्वानमा लगानीकर्ताले पूँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम गर्न समेत माग गरेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोवार प्रणालीमा शुरुमा केही प्राविधिक समस्या आए पनि सुधार हुँदै गएको बताए । उनले लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त भएपछि छिट्टै सम्पूर्ण लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस