१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब वृद्धिको माग गर्दै टानमा तालाबन्दी

अ+ अ-

काठमाडौं । तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् ।

युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब भत्ता, बीमा, चाडपर्व भत्तालगायत विषयमा पर्यटन मजदूरले टानसमक्ष सात सूत्रीय माग राखेका थिए । आफ्ना मागको सुनुवाइतर्फ टान कार्यसमिति एवम् पदाधिकारी उदासीन भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

पथप्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाइएको टिप्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चका साथै विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग पर्यटन मजदूरको छ ।

पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकको जायज मागलाई ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत नपाएको भन्दै तालाबन्दीको विकल्प नभएको श्रमिकको भनाइ छ । आगामी तीन दिनसम्म पनि माग पूरा नभए देशभरि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस