११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा वडास्तरमै युवा स्वरोजगार कार्यक्रम सञ्चालन

अ+ अ-

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ ।

वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको   पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको उनले बताए। ‘कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएकोे छ’, वडाध्यक्ष रेग्मीले भने, ‘समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौँ ।’

स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेशा व्यवसाय गर्नु पर्ने र कम्तीमा ५ वर्ष सोही पेशालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उनले बताए।’पुराना पेशा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ, वडाध्यक्ष रेग्मीले भने, ‘धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।

कार्यक्रमअन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा रु ५० हजार र समूहलाई रु २ लाखसम्मको अनुदान सहयोग गर्ने उनले बताए । अधिकांश युवा सामान्य रोजगारीका लागि विदेशिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिन कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।

तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उनले बताए । ‘अहिले युवा महीनामा रु २०÷३० हजार कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक रु ५० हजार कमाउने पनि छन्’, वडाध्यक्ष रेग्मीले भने । युवालाई गाउँमै राखेर आत्मनिर्भर बनाउन सके गाउँको मुहार फेरिन समय नलाग्ने उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस