११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहखोलामा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

अ+ अ-

बेझाड । रामपुर नगरपालिका–५ मा बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाबाट रु ५ लाख विनियोजित रकममध्ये रु तीन लाख ६४ हजार ४०० प्राविधिकको लागत इष्टमेट र १०० स्थानीयवासीको जनश्रमदानमा आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष मित्रलाल ढकालले बताए ।

यहाँ खानेपानीको दिगो स्रोत नहुँदा ६ महिना बस्तीदेखि तल रहेको बहखोलाबाट एक घण्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब ३०० मिटर तल रहेको सुघुरे खोलाबाट लिफ्टिङ गरेर खानेपानी बस्तीमा लगिएको छ ।

गाउँमा खानेपानीको आयोजना सम्पन्न भएपछि खडेरीयाममा ठूलो राहत पुग्ने स्थानीयवासी रुद्र श्रेष्ठ बताउछन् । ‘माघदेखि असारसम्म खानेपानीको निकै समस्या हुन्थ्यो, डोकोमा नै बोकेर जीविका चलाउने हो, अब यो समस्याबाट मुक्त हुने भइयो’, उनले भने ।

परिक्षणका लागि उक्त आयोजनाको पानी केही समय उपभोग गरे पनि अहिले गाउँमा पानीको अभाव नभएका कारण पुरानै पानी प्रयोग गरिरहेको स्थानीयवासी विष्णुमाया श्रेष्ठ बताउछन् ।

यस आयोजनाबाट यहाँका करीब १८ घरपरिवारका स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ । यहाँ यस आयोजनाबाट खानेपानी उपभोग मात्र नभई तरकारीलगायतका विभिन्न बालीनाली सिँचाइ गरेर राम्रो आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस