१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड

अ+ अ-

दमौली । महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।

महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि उक्त संस्थाले विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्राहरुलाई धुन मिल्ने सेनेटेरी प्याड वितरण गरेको हो ।

पोखरा डेज संस्थाद्वारा उपलब्ध गराइएको रु ६० हजार बराबरको सेनेटरी प्याड सहितको झोला छात्रालाई हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिए । उनका अनुसार उक्त सेनेटरी प्याड वातावरणमैत्री रहेको र तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

“महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुनाका साथै विद्यालय आएको समयमा महिनावारी भयो भने पनि कक्षा नै छाडेर नै जाने गरेका छन्,’ विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले भने ,’३/४ दिनसम्म पनि विद्यालय नआएको तथ्याङ्क छ ।’

कक्षा १० मा अध्ययनरत मूर्तिकला उपरकोटीले महिनावारी हुँदा लाजका कारण विद्यालय आउन नसक्ने गरेको बताए । उनले भने, ‘विद्यालय आएको समयमा महिनावारी भयो भने बिदा मागेर घर जाने गरेकी थिएँ तर अब भने त्यस्तो समस्या हुँदैन ।’

केही समयअघि मात्रै ब्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयका छात्रालाई उक्त प्याड वितरण गरेको र ब्यास नगरपालिका–१ कै निर्मल माध्यमिक विद्यालय र कास्कीको सहारा आधारभूत विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालीम सञ्चालन गरिएको उक्त संस्थाका अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस