२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहरका ११ गरिब परिवारले पाए किराना पसल

अ+ अ-

काठमाडौं । रामेछापकी गीता खड्का बस्याल काठमाडौँको शान्तिगनरस्थित सुकुम्वासी बस्तीमा बसेको लामो समय भयो । मिर्गौला रोगी बस्याललाई परिवारको गर्जो टार्न धौधौ थियो । आफ्नो उपचारमा मासिक ८/१० हजार लाग्ने खर्चको जोहो गर्न पनि उनलाई सकस थियो । दुखजिलो गरेर जीवन गुजार्दै आएकी उनी आज एउटा किराना पसलको चाबी प्राप्त गर्दा औधी खुशी भएकी हुन् ।

शहरी गरीबहरू खोज्ने क्रममा ग्रामीण विकास केन्द्र नेपालले आयआर्जनका लागि व्यावसायिक विकास परियोजनाअन्तर्गत उनका लागि किराना पसल नै सहयोग गरेको थियो । चाबी लिँदै उनले सहयोग पाएकोमा खुशी व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसामु बस्यालले भने, “आफ्नो मासिक औषधि खाने र घरव्यवहार चलाउन किराना पसलले मलाई ठूलो सहयोग गर्नेछ ।”

उनीसँगै चाबी पाउनेमा विशाल मियाँ पनि छन् । गरीबलाई किराना पसल सहयोग गरेकामा अब भने बालबालिका पढाउनका लागि दुःख नहुने मियाँले प्रतिक्रिया दिइन् । उनीहरूसहित काठमाडौँका विभिन्न ११ गरीब परिवारले आज किराना पसल नै प्राप्त गरेका छन् । सडकका विभिन्न क्षेत्रबाट खोजेर ११ परिवारलाई किराना पसल सहयोग गरिएको हो ।

ती परिवारलाई कतार च्यारिटीको आर्थिक सहयोगमा आयआर्जनका लागि व्यावसायिक विकास परियोजनामार्फत ग्रामीण विकास केन्द्रले किराना पसल सहयोग गरेको हो । पसलको केही महीनाको भाडासमेत संस्थाले नै उपलब्ध गराउने जनाइएको छ । समग्रमा रु २१ लाखको परियोजनामा ११ पसल सहयोग गरिएको संस्थाले जनाएको छ ।

कतार च्यारिटीका परियोजना व्यवस्थापक इसाद अली शेखले गरीब परिवार छनोट गरेर किराना पसल सहयोग गरिएको जानकारी दिए । उनका अनुसार संस्थाले यसअघि सर्लाही र रौतहटमा २६४ परिवारलाई बाख्रापालनमा सहयोग गरेको छ ।

यस्तै रुपन्देही र कपिलवस्तुमा मौरी र कुखुरापालनमा सहयोग गरेको तथा विभिन्न जिल्लाका ९५ गरीब परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको जनाइएको छ । पसलको चाबी हस्तान्तरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालले समस्यामा परेका गरीब तथा असहायका लागि किराना पसल सहयोग गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुहुँदै यही नै वास्तविक धर्म हो भने ।

“इज्जत भनेको मेहेनत र पौरखको भरोसा हो, पसल प्राप्त गरेर मेहेनत गर्न कस्सिएका उनीहरूको भावनाले त्यही बोलिरहेको छ”, नेता नेपालले भने । सरकारले समृद्धिको यात्रा तय गरेको उल्लेख गर्दै उनले देशमा अझै शिक्षाको चेतना कम भएकाले सरकारले भर्ना अभियानलाई तीव्रता दिएको बताए । कार्यक्रममा सांसद अतहर कमाल मुसलमानले आज दिइएको सहयोगले ११ परिवारको आयआर्जनमा महत्वपूर्ण सहयोग हुने विश्वास रहेको बताए।