काठमाडौं । आगामी (२०७६ साल) बर्ष साउदी अरवको मक्का मदिनामा हज गर्न जाने नेपाली समुदायका मुसलमानहरुले आगामी पुष २३ गतेभित्र आवेदन दिनुपर्ने भएको छ ।
गृह मन्त्रालयद्धारा १ सुचना प्रकाशित गर्दै सो मितिभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यलयमा रितपुर्वक आवेदन दिइसक्नु पर्ने छ ।
नेपाल हज समिति सचिवालयले सुचना प्रकाशित गरी मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार हजयात्रामा जान चाहाने हजयात्रीका लागि आवेदन दिन मिति तय गरिएको हो ।
समितिले आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु एकप्रति नागरिकताको प्रतिलिपी,सक्कल राहदानीसहित लाग्ने खर्च १ लाख २५ हजार रकम समितिको बैंक खातमा जम्मा गर्नुपर्ने जनाएको छ ।