डोटी । गाउँपालिकाको हितमा हुने राम्रो काम गर्नका लागी जस्ले प्रस्ताव ल्याए पनि स्वीकार गर्न तयार रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले एका छन् । मंगलबार बडीकेदार गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७५।७६का प्रथम चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले उक्त कुराबताएका हुन् ।
राजनैतिक अस्थाका आधारमा योजना वितरण गर्ने गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले गुनासो पोखेपछी चन्दले राम्रा कार्यका लागि आफु जहिले पनि तयार रहेको बताएका छन् । आफु जनताको प्रतिनिधि भएका कारण यस गाउँपालिका भित्रका सबै नागरिकको हितमा काम गर्नुु उद्देश्य रहेको बताए । बडीकेदार गाउँपालिकालाई नमुना गाउँपालिकाका बनाउनका लागि गुरु योजना निमार्णको काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत दिपक पाण्डेले बताएका छन् ।
उत्कृष्ठ गाउँपालिका बनाउनका लागि जनप्रतिनिधि तथा कर्मचारीको दृढ ईच्छाशक्ती हुन पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताए । जनताका धेरै आवश्यकता र सिमित स्रोत साधन भएका कारण प्रभावकारी योजना छानेर काम गर्न पर्ने प्रमुख जिल्ला अधिकारी सुबेदीले बताएका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामी, जिल्ला अनुसन्धान कार्यालय डोटीका कार्यालय प्रमुख गोबिन्द पाण्डे, गैसस महासंघका उपाध्यक्ष लाल बहादुर बिक, वडा अध्यक्ष, बिषयगत कार्यालयका प्रमुख तथा संयौ स्थानीय सहभागीता रहेको थियो । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईको सहजिकरण बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले सहजिकरण गरेको थियो ।