१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्सवमा पर्यटकलाई निम्तो

अ+ अ-

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् ।

व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ ।

‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ नारासहित पुस १६ गतेदेखि सञ्चालन हुने सो सडक खाना महोत्सवमा नेपाली परिकारका साथै भारतीय, थाइल्याण्ड, चाइनिजलगायतका विभिन्न देशका खानाका परिकारका कक्ष राख्ने तयारी भइरहेको लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए ।

“सडक खाना महोत्सव आयोजना गर्दा पर्यटकको बढी सहभागिता र आकर्षण रहन्छ, यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाउँछ,” उनले भने । खाना महोत्सवमा ७० भन्दा बढी कक्ष राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताए। लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा बिराहा नाच, स्थानीय जातजातिको सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने सङ्घले जनाएको छ ।

पोखरामा महोत्सव, रुपन्देहीमा निम्तो

पोखरामा हुने सडक महोत्सवमा सहभागी हुन पोखरेलीले रुपन्देहीवासीलाई निम्तो दिएका छन् । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ पोखरामा यही पुस १३ देखि १७ गतेसम्म आयोजना हुने सो सडक महोत्सवमा सहभागी भई पर्यटन प्रवर्द्धनमा सहयोग गर्न रेस्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरी उक्त आग्रह गरेको हो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेकसाइडमा महोत्सवको आयोजना गरिने रेबानका अध्यक्ष बुधराज भुजेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस