१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा अनलाइन शेयर कारोवार लागू भएन

अ+ अ-

खस्यौली । मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले (ब्रोकर) दलाल कार्यालयमार्फत अनलाइन शेयर कारोवार गर्न काठमाडौँमा केही लगानीकर्तालाई सहज भए पनि बुटवलमा यसको प्रयोग नभएको (ब्रोकर) दलाल कार्यालयले जनाएका छन् ।

‘लगानीकर्ता साक्षर भएको अवस्था पनि छैन र अनलाइन कारोवार गर्ने विषयमा दलाल कार्यालयसँग सम्झौता भएको छैन’ दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश अधिकारीले भने ।

उनले शेयर दलाल कार्यालयलाई लगानीकर्ताले कारोवार गर्ने निश्चत रकमको केही प्रतिशत दलाल कार्यालयलाई बुझाउनुपर्ने झन्झटसमेत भएकाले पूर्ण स्वचालित अनलाइन प्रणालीमा रुची कम देखिएको हुनसक्ने उल्लेख गर्दै अब केही समयपछि शुरु हुनसक्ने बताए ।

एशियन सेक्युरिटिज प्रालि (२६) नम्बर बुटवल शाखाका पुष्पनिधि ढकालले पूर्ण स्वचालित अनलाइन प्रणालीको लागि केन्द्रीय निर्देशन पनि नभएको र लगानीकर्ताले निश्चित रकम अग्रिम बुझाउने विषयमा जानकारी नभएकाले सम्झौतामा समेत समस्या हुन सक्ने अनुमान गरे ।

उनले भने, ‘हामी भर्खरै आएर शेयर कारोवार शुरु गरेका छौँ यसले शेयरमा लगानी गर्नुपर्छ भन्ने सोचको विकास भएको छ तर प्रविधिमैत्री हुन समय लाग्छ ।’ शेयर बजारको साक्षरताका विषयमा काम गरिरहेको सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले नेप्सेले भित्र्याएको सफ्टवेयरले काम नगरेको कारण लगानीकर्ता बुटवलमा अनलाइन प्रणालीमा जानका नसकेको आरोप लगाउँदै यससम्बन्धी अभ्यास यहाँ नभएको बताए ।

उनले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर आवश्यक भएकोमा जोड दिँदै शेयर बजार कारोवारको लागि सचेतना पनि बढाउँदै लैजानुपर्ने बताए । लगानीकर्तालाई अनलाइनमार्फत शेयर कारोवार खुला गरिएको १० दिनमात्रै भएको छ ।

नेप्सेले युजर नेम र पासवर्ड दिए पनि बैंक खाता नम्बर र डिम्याट नम्बर अनलाइनमा इन्टिग्रेशन नभई अनलाइन प्रयोग प्रभावकारी हुन नसकेको बताइएको छ । अनलाइन प्रणालीमा जानका लागि लगानीकर्ताले शेयर दलाल कार्यालसँग सम्झौता गर्नुपर्छ । अर्थमन्त्री डा.युवराज खतिवडाले कात्तिक २० गते पूर्ण स्वचालित अनलाइन प्रणालीको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस