१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई कसैको रोकतोक छैन : नेता पौडेल

अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताए ।

अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । उनले भने, ‘दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।’ वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने, ‘सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।’

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । उनले ‘वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,’ भने । नेता पौडेलले कांग्रेसका महासमिति बैठकका बेला नमूना विधान बनाएको बताए । ‘तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ’, उनले भने ।

पूर्वराज्यमन्त्री लालध्वज तामाङले सत्यतथ्य समाचार जनताको बीचमा पु¥याउन सञ्चारकर्मीलाई आग्रह गरे । पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले तीनै तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गरी गाउँगाउँसम्म विकासका खबर पु¥याउनुपर्ने विचार राखे । सो अवसरमा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, काभ्रेपलाञ्चोक कांग्रेसका सभापति मधुप्रसाद आचार्य, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बेथानचोक गाउँपालिकाका अध्यक्ष गोपाल तिमल्सिनालगायतले शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस