१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रका लागि पदक दिलाउँदा खुशी छु : महर्जन

अ+ अ-

काठमाडौं । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ ।

थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्केका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका थिए । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने बताए । ‘पदक विजेता महर्जनलाई हामी उचित पुरस्कारद्वारा सम्मान गछौँ’–उनको भनाइ थियो ।

पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए । ‘विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो’ पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भने । ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ’, महर्जनले भने । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ/नौ लाख खर्च गरेको बताए।

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए।

विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जित्नुभएको थियो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए। बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस