१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनी विक्री नहुँदा गोदाममा थन्कियो

अ+ अ-

विराटनगर । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो ।

नेपालमा १ वर्षमा सरदर २ लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए ।

‘गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ’, उनले भने ।

प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भए पनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक संघका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए । किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल रु ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल रु ५३१ निर्धारण गरेको थियो ।

चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् ।

सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले ५ हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रति बिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए ।

इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिए ।

उनले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भने ।

सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस