१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा ‘एक घर एक धारा’ योजना शुरु

अ+ अ-

पर्वत । खानेपानीको अभाव रहेको पर्वत मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ ।

मोदी गाउँपालिका–६ को साविक तिलहार गाविस ठूलो भूभाग र वडा नं ८ साविक चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पुर्‍याउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना बनाउन थालिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन बागलुङले रु तीन करोडमा योजना निर्माण गर्न थालेको हो । योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभिजन प्रमुख प्रेम डोटेलले बताए ।

नवजागृत माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण गरिनेछ । योजनाबाट मोदी–८ को ओडारे, मोदी–७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपूर्ति हुनेछ । डिभिजनका इञ्जिनीयर सङ्गीता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरी योजना पुरा गर्न आग्रह गरे ।

मोदी गाउँपालिका–६ का अध्यक्ष विमल लामिछानेले चुनावमा हरेक घरमा एउटा खानेपानीको धारा पुर्‍याउने प्रतिबद्धताअनुसार प्रदेश सरकारबाट रु ५० लाख विनियोजन गरी काम थालेको जानकारी दिए । योजनाको सांसद पदम गिरीले बुधबार शिलान्यास गर्दै ४ वर्षभित्रमा पर्वतलाई मुलुकमै पहिलो स्वच्छ पिउने पानी उपलब्ध भएको जिल्ला बनाउने लक्ष्यसहित खानेपानी क्षेत्रमा काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस