२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक सहायकको भरमा वडा कार्यालय

अ+ अ-

बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ ।

जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए । उनले भने, “सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको छ ।”

आठ वडा रहेको सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । वडा नं १, ७ र ८ मा सचिव नहुँदा एक सचिवले दुई÷दुई वडामा काम गर्नुपरिरहेको छ । दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका सात वडा सचिवविहीन छन् । पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाको वडा नं ६ र ११ मा सचिव छैनन् ।

यस्तै मेलौली नगरपालिकाका नौ वडामध्ये पाँचमा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए। पञ्चेश्वर गाउँपालिकाका छ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । दश वडा रहेको पुर्चौँडी नगरपालिकामा एउटा वडाबाहेक अन्यमा सचिव छैनन् । दोगडाकेदार गाउँपालिकाका चार वडा सचिवविहीन छन् । कर्मचारी नहुँदा काम गर्न गाह्रो भएको सो गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

यसैगरी डिलाशैनी गाउँपालिकाका सात वडामध्ये चारमा सचिव छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकाका गरी ८४ वडा छन् । रासस