११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ साहित्यकार शर्माको निधन

अ+ अ-

काठमाडौं । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ ।

मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उनको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा.लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ । शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । डा गौतमले शर्मा आफ्ना विद्यावारिधि गुरुसमेत रहेको स्मरण गर्दै उनले नेपाली साहित्यका प्रायः सबै विधामा योगदान दिएकान बताए ।

उनको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’(नाटक), ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ (निबन्ध सङ्ग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायत कृति प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले शर्माको दुःखद निधन भएको खबर पाइएको उल्लेख गर्दै यसबाट नेपाली साहित्यका लागि अपूरणीय क्षति पुगेको बताए । स्थान र उचित वातावरणको अभावमा कमलादीस्थित प्रतिष्ठानको परिसरमा दिवङ्गत स्रष्टाको शव राखिने क्रम गत वर्षदेखि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस