२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा हिमपातले जनजीवन कष्टकर, किसान खुसी

अ+ अ-

पर्वत । लामो समयपछि परेको वर्षाका कारण पर्वतका विभिन्न उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

शुक्रबार साँझदेखि लगातार वर्षा भइरहँदा चिसो बढेसँगै उच्च पहाडी भेगमा हिमपात भएको हो। स्थानीयवासीका अनुसार कुश्मा नगरपालिका ३ दुर्लुङको माथिल्ला भाग हलहले र हलजुरेमा हिउँ परेको छ। फलेवास नगरपालिकाको डहरेको लेक, कार्कीनेटा, भंगरा र थापाठानाको माथिल्लो भागमा पनि हिमपात भएको छ।

यस्तै, जलजला गाउँपालिकाको हम्पालको लेक, लेकफाँट, शालिजा, धाइरिङ, नाङलीवाङ, बनौँ लगायतका ठाउँमा हिउँ परेको छ। यसैगरी मोदी गाउँपालिकाको क्याङ, लेस्पार, सहस्रधारा, देउपुरको उपल्लो भाग लगायतका ठाउँमा पनि हिमपात भएको छ। जिल्लाका अन्य ठाउँ बाँसखर्क, भुकताङले, पञ्चासे, चिसापानीको लेकहरुमा पनि ३ फिट भन्दा बाक्लो हिउँ जमेको छ।

हिमपात भएको क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। बाहिर हिउँ परेको र कतिपय ठाउँमा शीत जमेका कारण दैनिकी सञ्चालनमा नै कठिनाइ भएको छ। मोदी गाउँपालिका ४ क्याङको बाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेलका अनुसार चिसोका कारण घर बाहिर निस्कन पनि कठिन भइरहेको छ भने चौपायालाई पनि समस्या भएको छ।

हिमपातका कारण दैनिकी असहज बनेको भए पनि वर्षाका कारण कृषक भने खुशी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा हिउँदे बालीमा सिँचाइको समस्या भएको थियो। वर्षाले गहुँ, आलु, तोरी लगायत विभिन्न हिउँदे बालीलाई फाइदा पुर्‍याएको भए पनि हिउँ जमेका ठाउँमा लगाइएका खाद्यबाली तथा फलफूलमा क्षति पुगेको छ। गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार पनि वर्षा भएको थियो। शुक्रवार साँझदेखि फेरि वर्षा भइरहेका कारण हिमपात समेत भैरहेको छ।