९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबारदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल कर छली प्रकरण, बूढीगण्डकी परियोजना काण्डलगायत आर्थिक अपचलनका तथ्य सार्वजनिक भइरहेकाले ती प्रकरणको यथार्थ अनुसन्धान गर्न आग्रह गरेको छ ।
बैठकले लगानीको वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न ठोस कार्ययोजना ल्याउन, सामान्य रोजगारीका लागि विदेशिन बाध्य लाखौँ नेपाली युवालाई स्वदेश फर्काउन र जीविकोपार्जनको प्रत्याभूत गर्न माग गरेको छ ।

आज सम्पन्न बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दूराष्ट्र र राजसंस्थाप्रति प्रतिबद्ध समान विचारधारा भएका दललाई राप्रपासँग एकताका लागि आह्वान गरेको छ । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गरेको छ । यसैगरी महामन्त्रीको सचिवालयसम्बन्धि, कोषाध्यक्षको आर्थिक र राष्ट्रिय स्वाभिमान यात्रा मूल समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौँदेखिको नेपाली समाजमा कायम रहँदै आएको सांस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन तथा देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न सो बैठकले सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस