१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

अ+ अ-

रोल्पा । रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।

सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार–पाँच जनामा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीहरुबाट तनाव व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो । ‘उक्त कक्षा सञ्चालनपश्चात् पनि विद्यार्थीमा सो समस्या हल हुनुको साटो वृद्धि भई दैनिक १५–२० जना बिरामी पर्न थालेसँगै विद्यालय बन्द गर्न बाध्य भएका हौँ,’ प्रधानाध्यापक लीला आचार्यले भने ।

बिरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यपक आचार्यको भनाइ छ । ‘केही अभिभावकले धामी–झाँक्री कहाँ देखाउने भनेका छन् भने केहीले स्वास्थ्य संस्थामा लैजाने भनेका छन्’, आचार्यले भने । विद्यालय खुलेलगत्तै मनोसामाजिक विमर्शसम्बन्धी तालीम दिने सोच बनाएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।

‘विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ’, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भने । तनाव व्यवस्थापनका जानकारसमेत रहेका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन । ‘एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ’, डाँगीले भने । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डाँगीले भने, ‘धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ ।’

यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओतलगायत विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस