२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौं । वाग्मती सरसफाइ ३००औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताए । उनले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्नेमा जोड दिए ।

‘वाग्मतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’ उनले भने,’जुन बहावले वाग्मतीमा भएको फोहरमैलालाई बगाएर लैजान सकोस् ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री बस्नेतले वाग्मती सरसफाइ अभियानले मुलुकभरी नै सरसफाइ गर्नुपर्दछ भनेर प्रेरणा दिएको बताए । उनले वाग्मती सरसफाइ गर्नका लागि सरकारले स्पष्ट रणनीति ल्याउने तयारी गरिरहेको उल्लेख गरे ।

शहरी विकासमन्त्री राईले चारसय हप्ता नपुग्दै वाग्मतीको सरसफाइ गरिसक्नुपर्ने बताए । उनले सरकारको सहभागिताले मात्र नभइ समुदायको सहभागिताले मात्र सरसफाइ हुने भन्दै यसअभियानमा लाग्न सबैलाई आग्रह गरे ।

खानेपानी तथा सरसफाइमन्त्री मगरले अभियानले वाग्मती सरसफाइमात्र नगरेर सिङ्गो देशलाई नै सरसफाइ अभियानमा लाग्न सिकाएको बताए । ‘यस अभियानले राष्ट्र र जनतालाई सरसफाइ गर्न सिकाएको छ’ उनले भने,’यो वाग्मती सरसफाइ गर्ने अभियान मात्र नभएर राष्ट्र सरसफाइ गर्ने अभियान हो ।’

उनले अब वाग्मतीमा मिसिइने ढल प्रशोधन गरेर मात्र मिसिने व्यवस्था गर्न थालिएको बताए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले यस अभियान वाग्मती नदीमा मात्र सीमित नरहेर अन्य नदीमासमेत सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई दिएकाले सबै स्थानीय तहमा नदी सरसफाइ शुरु हुने बताए ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सम्पदा एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरे र वाग्मती सरसफाइ अभियन्ता डा.राजु अधिकारीले सरकार र समुदायको सहभागिताले सफलता प्राप्त गरेको बताए ।

‘स्वच्छता मेरो पहिचान सफाइ मेरो योगदान’ भन्ने महाअभियानमा क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वाग्मती करिडोरमा बनेका ४४० वटा सोलार बत्तीको उद्घाटन गरे । विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए ।

वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे छ । यस कार्यमा एक हजार ८५० संघ संस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।

कार्यक्रममा सरसफाइ अभियानमा सहयोग पुर्‍याएको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।