१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चकोटमा एकै दिन हजार पर्यटक

अ+ अ-

गलकोट । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करीब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ ।

मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्नका लागि जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन् । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा शनिबारको फुर्सदिलो समयमा परेको हिउँ तथा पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि एक हजार भन्दा बढी पर्यटक आएको स्थानीय गकुल सापकोटाले बताए ।

जिल्ला सदरमुकामबाट अत्यन्तै नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ पञ्चकोट भएको छ । जिल्लाको अधिकांश स्थानमा हिमपात भए पनि जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पञ्चकोट आउन सकिने भएकाले हिउँ खेल्न र घुम्नका लागि आएको पर्यटक राजेन्द्र सुवेदीले बताए ।

वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ अहिले धमाधम पञ्चकोटको पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रुपमा विकास भइसकेको पञ्चकोटमा दैनिक ४०० देखि ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरे पनि शनिबार पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि भएको विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

स्वामी कमलनयन आचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको छ । पञ्चकोटमा यही फागुन ९ गते देखि १५ गते सम्म पाँचौ महायज्ञ हुन लागिरहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटले जनाएको छ ।

दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामै अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । तीन वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै रु २० करोडका संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्वशान्ति कलशको रु ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश निर्माण गरिने लक्ष्य रहेको छ । समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ । पञ्चकोटलगायत जिल्लाको ढोरपाटन, थामाको नेटा, गाजाको दहमा हिउँ खेल्ने पर्यटकको घुइँचो नै लागेको थियो । रासस

प्रतिक्रिया दिनुहोस