२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तह मिलेर संविधान कार्यान्वयन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

अ+ अ-

चितवन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उनले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र संघीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘हामी विधिविधानअनुसार लोकतान्त्रिक परम्पराअनुसार चलेका छौँ कि छैनौं हेर्ने समय आएको छ ।’ संविधान निर्माणका लागि राज्यको ठूलो मिहिनेत र कसरत रहेको बताउँदै उनले यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै तहको रहेको बताए ।

शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनता जागरुक हुँदै स्थानीय तहलाई घच्घच्याउनु आवश्यक रहेको भन्दै उनले शिक्षाले मानिसलाई नैतिक बनाउन सिकाउने बताए । उनले नैतिकता नभएको मानिस रोबोटजस्तो बन्ने पनि बताए ।

शिक्षाबिना विकास सम्भव नरहेको बताउँदै उनले शिक्षा क्षेत्रको विकासले मात्र मुलुकको विकास हुने बताए । देशको विकासका लागि शिक्षा महत्वपूर्ण अङ्ग रहेको उनको भनाइ थियो ।

अहिले सामुदायिक विद्यालयमध्ये ८० प्रतिशत विद्यालय धराशायी बनेको बताउँदै उनले ती विद्यालयको संरक्षणका लागि सबै लाग्नु आवश्यक रहेको बताए । देशको विकासलाई अघि बढाउनका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि मिलाएर लैजानुपर्ने यादवको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य कृष्ण भूर्तेल, मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, शिक्षा समन्वय इकाईका वीरेन्द्रजङ्ग सुवेदी, तत्कालीन जिविसका सभापति कृष्णलाल सापकोटा, भरतपुर महानगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद आचार्य लगाएतले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयले प्राविधिक शिक्षाका लागि जियो म्याट्रिक्स (सर्वे इञ्जिनीयरिङ) पठनपाठन गर्नका लागि निर्माण गरेको नयाँ भवनको समेत उद्घाटन गरिएको थियो । छकोठे दुईतले सो भवन ५६ लाखको लागतमा निर्माण गरिएको हो ।

विसं २०२० सालमा स्थापना भएको सो विद्यालयले २०४३ सालबाट प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ । अहिले सो विद्यालयमा एक हजार ५७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्वशिक्षक, कर्मचारी, चन्दादाता, वर्तमान शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।