२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ ।

मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पु¥याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराले बुधबार पदवहालीका क्रममा देशको पहिचान कायम राख्न हिन्दू राष्ट्रको महत्व रहेको बताउँदै जनताको विकास र समृद्धि भए मात्र परिवर्तन संस्थागत हुनसक्ने बताए ।

हालै एकीकरण भएको उक्त पार्टीले एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण तथा एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गर्नेछ ।

यसैबीच कमल थापा नेतृत्वको राप्रपाले हिन्दू राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षालगायत उद्देश्यले यही फागुन १५ गते ताप्लेजुङदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गर्ने भएको छ । ताप्लेजुङबाट पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने छ । यसपछि कञ्चनपुरबाट सो यात्रा बुटवल पाल्पा, स्याङ्जा, कास्की हुँदै आगामी फागुन २९ गते उपत्यका प्रवेश गर्ने र ३० गते विशालसभा गरी समापन गर्ने छ ।

यात्रालाई व्यवस्थित र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न केन्द्रमा सचिवालय स्थापना गरी यात्राको सम्पूर्ण तयारी गरिएको छ भने जिल्लाको तयारीका लागि केन्द्रबाट विभिन्न चार टोली पठाइएको पार्टीका नेतृ कुन्तिदेवी पोखरेलले जानकारी दिए ।